अब भदौ ४ मा चल्नेछ 'होस्टेल रिटर्न्स' ।

hostel returns2बैशाख २५ गते रिलिज गरिने भनिएको फिल्म ‘होस्टेल रिटर्न्स’को रिलिज मिति करिब तीन महिना पछाडि धकेलिएको छ । भुकम्पको कारण देखाउदै रिलिज मिति पोस्टेपोण्ड गरिएपछि फिल्मको नयाँ रिलिज मिति आज सार्वजनिक गरिएको हो ।
निर्माता सुनिल रावलका अनुसार अब भदौ ४ गते फिल्म रिलिज हुनेछ । सबै कोणबाट उक्त मिति नै फिल्म रिलिजको लागी उपयुक्त देखिएको उनले बताए ।
प्रतिष्ठित ब्यानरको निर्माणमा बनेको प्रतिक्षित फिल्मलाई सुरज भुषालले निर्देशन गरेका हुन । फिल्ममा सुशिल श्रेष्ठ, शशि श्रेष्ठ, स्वस्तिमा खड्का, अभय बराल, नजिर हुसेन लगायतको अभिनय छ ।
फिल्म युनिट यतिबेला भने भुकम्पपिडितहरुलाई राहत बितरणमै ब्यस्त छन । अब छिट्टै नयाँ पब्लिसिटी प्लानसहित फिल्म रिलिजमा उत्रने उनीहरुको योजना छ ।

Namaste Filmy

Read Previous

अपांग केन्द्रलाई सहयोग गरे यी हिरोले ।

Read Next

चलचित्रकर्मीहरुले मैनबत्ति बालेर महाभूकम्पमा ज्यान गुमाएकालाई दिए श्रद्धाञ्जली