रेखा थापा र निर्देशक हिमग्याप लामाले महाभूकम्पमा परी ज्यान गुमाउनेहरुलाई यसरि दिए श्रद्धाञ्जली (फोटो फिचर )

rekha thapa 7गत १२ गते शनिवार महाभूकम्प गए पछि देशमा भएको धन ज्यानको नोक्सानको विवरण अहिले सम्म पूर्ण रुपमा आउन सकेको छैन ।करिब ८ हजारको हाराहारीमा ज्यान गुमाइसकेका छन् भने अझै यो संख्या बढ्न सक्छ ।यसरि हजारौ मान्छेको मृत्यु भए पछि काठमाडौमा मृत्यु भएकाको आफन्तको पशुपति आर्यघाटमा दाहसंस्कार गर्न नसकेकालाई आर्थिक सहयोग प्रदान गर्दै घाइतेहरुले समेत सहयोग गर्न पुगिन अभिनेत्री रेखा थापाले ।
rekha thapaपैसा नभए आफन्तको दाहसंस्कार गर्न नपाएकालाई दाहसंस्कारमा लाग्ने सम्पूर्ण खर्च अभिनेत्री रेखा थापा र निर्देशक हिमग्याप लामा प्रदान गरेका छन् ।कुनै न कुनै ठाउँ बाट सामाजिक काम गर्दै आएकी रेखाले यस पाली गरेको यो कार्य झन् पहिलाको भन्दा धेरै तारिफ योग्य रहेको छ । रेखा र हिमग्याप को यस कार्यको प्रधानमन्त्री सुशील कोइरालाले समेत प्रशंसा गर्दै सरकारभन्दा अगाडि बढेर तपाईंले आफूले भ्याएसम्म सहयोग गर्नुभयो भन्दै प्रशंसा गर्नुभयो भएको थियो ।
rekha thapa 2बास्तबमा स्टार नायिका यस्तै हुनु पर्छ देशमा बिपत पर्दा उसले आफ्नो स्टार पावरको सहि सदुपयोग गर्नु पर्छ अनि मात्र दर्शकको नजरमा पर्दा बाहिर पनि स्टार हुन सकिन्छ ।हिजो सबै चलचित्रकर्मीले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भेला भएका मैनबत्ति बालेर महाभूकम्पमा परी ज्यान गुमाउनेहरुलाई श्रदाञ्जली दिए थिए जहाँ रेखा र निर्देशक हिमग्याप लामा पनि पुगेर दीप प्रज्वलन र एक मिनेट मौन धारणा गरेर दिवंगत प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
rekha thapa 4महाभूकम्पका परि दिवंगत हुनु भएकाहरुकोशोकको तेह्रौ दिनको दिन विहीबार विभिन्न स्थानमा प्रार्थना सभा तथा क्याण्डल वाक भएको छ ।सबै चलचित्र कर्मी एकै ठाउमा भेला भएर श्रदाञ्जली पनि रेखा भने काठमाडौमा मुख्य मुख्य भगवानको मन्दिरमा गएर मृतआत्माको चीरशान्तिको कामना सहित प्रार्थना गरे।
rekha thapa 5रेखा थापा ,निर्देशक हिमग्याप लामा,नायक स्वतन्त्र प्रताप शाह,कमल खालिङ लगायतको टोलीले काठमाडौको बौद्ध, गुहेश्वरी, चावहिल स्तुपा, पशुपतिनाथ, स्वयम्भुनाथ लगायतका ठाउमा गएर दीप प्रज्वलन गरेर महाभूकम्पका परि दिवंगत हुनु भएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै चश्रद्धाञ्जली अर्पण गरेका छन् ।
rekha thapa1
rekha thapa 3
rekha thapa 6

Namaste Filmy

Read Previous

चलचित्रकर्मीहरुले मैनबत्ति बालेर महाभूकम्पमा ज्यान गुमाएकालाई दिए श्रद्धाञ्जली

Read Next

सलामान खान देखि राजेश हमालको नाममा धोकै धोका, भूकम्प प्रभावितको नाममा ब्रम्हलुट