सलामान खान देखि राजेश हमालको नाममा धोकै धोका, भूकम्प प्रभावितको नाममा ब्रम्हलुट

नेपालीमा एउटा भनाइ छ यदि पुरा गर्न सकिँदैन भने ‘गरिबलाई दिन्छु, विदुवालाई बिहे गर्छु नभन्नु’ पुरा गर्न सकिएन भने सात गाई मारेको सरह पाप लाग्छ । कुनै पनि मुलुकमा विपत्ति भनेको बाजा बजाएर आउँदैन । हाम्रो देशमा पनि आपत्कालिन विपत्ति आइ लाग्यो यो विपत्तिको भीडमा छिमेकी मुलुकसँगै देश विदेशबाट सहयोगको ओइरो बर्सियो । विभिन्न संघ संस्था, उद्योग उद्यमी सर्वसाधारणसँगै कलाकार र खेलाडीहरुको सहयोगको वचन बद्धताले विशेष गरी आम दर्शकमा खुसी सञ्चार गरायो ।
rajesh hamal.सम्पूर्ण मिडियाले खेलाडी र कलाकारले प्रतिबद्धता जनाएको समाचारले विशेष स्थान बनायो आफ्नो संचार माध्यममा । फुटबलका महान् खेलाडी मेस्सी, क्रिस्टियानो रोनाल्डो, रोनी मात्र हैन बलिउडका हस्ती सलामान खान, अमिर खान, अक्षय कुमार लगायत थुप्रै चर्चित विदेशी कलाकारहरुले नेपालको भूकम्प प्रभावितहरुको नाममा संचारमाध्यममा सहयोगको घोषणा गरे । विदेशी कलाकारसँगै नेपाली चलचित्रका पुराना र स्थापित नायक राजेश हमालले पनि नेदरल्याण्डबाट १० करोड उठाएको खबर फैलियो फेरि खबर फैलियो १० करोड हैन हमालले त भूकम्प प्रभावितको लागि १ अर्ब नै राहत संकलन गरे भनेर संचार माध्यम पाट्टपुट्ट समाचार आयो । यो घोषणाको चौतर्फि तारिफ सेलाउन नपाउँदै फेरि चर्चा चल्यो अक्षय कुमारबाट आफूले नेपालको भूकम्प प्रभावितहरुको लागि कुनै सहयोग घोषणा नगरेको आधिकारिक खण्डन गरे । अक्षयपछि सलमान खानले पनि आफ्नो तर्फबाट कुनै सहयोगको घोषणा नगरेको प्रष्ट्याए । यी दुवै कलाकारबाट रुष्ट भएका नेपाली दर्शकहरुले एकमुष्ट बनाएर यिनका फिल्म नेपालमा बहिस्कार गर्ने र हाम्रै महानायक राजेश हमाल जाति भन्दै नेपाली दर्शकले राजेश हमालको गुणगान गाउन थाले तर बिडम्बना १३ दिनपछि राजेश हमालले पनि सलमान खान र अक्षय कुमारले जस्तै आफूले भूकम्प प्रभावितहरुको लागि सहयोग नजुटाएको खण्डन गरे ।
यसले नेपाली दर्शकलाई हिस्स पारेका छन् । राजेश हमालले जीवनभर चलचित्र खेलेर अहिलेसम्म एक अर्ब रुपैयाँ पनि जोगाउन सकेको छैनन् । यिनै नायकले एक अर्ब रुपैयाँ भूकम्प प्रभावितलाई राहत दिन्छन् भन्दा कसैले पत्याएका पनि थिएनन् । तर उनको खण्डनले यही पुष्टि ग¥यो । आफूले कुनै राहत कलेक्नसन नगरेको तर नेदरल्याण्डमा ५५५ नामक संस्थाले यस्तो कलेक्सन गरेर आफ्नो नाम भजाएकोमा हमालको आपत्ति छ । नेपालको भूकम्प प्रभावितको नाममा नेपालमा मात्र हैन विश्व बजारमै पैसा उठाउने चलखेल बढेको छ । स्वदेशमा मात्र करोड उठाउने र प्रभावितलाई लाख बाँड्ने संस्थाहरु यहाँ धेरै छन् । यसले नेपालको विपत्तिको नाममा ब्रह्मलुट मच्याउनेहरु अथाह भएकोले सरकार लगायत आम सर्वसाधारणले चिन्तन गर्न तत्कालको जरुरी हो ।
स्रोत :बक्सअफिस

Namaste Filmy

Read Previous

रेखा थापा र निर्देशक हिमग्याप लामाले महाभूकम्पमा परी ज्यान गुमाउनेहरुलाई यसरि दिए श्रद्धाञ्जली (फोटो फिचर )

Read Next

जमानतमा छुटेपछि सलमानले भने: 'सबैलाई धन्यवाद'