भुकम्पमा परी बालकलाकार करिनाको निधन ।

Karina-Bhukampa [dropcap][/dropcap]त बैशाख १२ गतेको प्रलयकारी महाभुकम्पमा परी एक कलाकारको निधन भएको खबर ढिला गरी आएको छ ।
केहि अघि शैली थियटरले राजधानीमा आयोजना गरेको छैटौ राष्ट्रिय बाल नाटक महोत्सव २०७१ म नाटक बेइमानी काल बाट सर्बोत्कृष्ट अभिनय पुरस्कार जित्न सफल प्रतिभाशाली कलाकार करिना खत्रीको निधन भएको हो ।
शिल्पी थियटरका रंगकर्मी आर्यन न्यौपानेको अनुसार महाभुकम्पमा उनको सिफलस्थित घर ढलेपछि त्यसमा परेर उनको निधन भएको हो । घटनामा उनको आमा र भाइको समेत निधन भएको आर्यनले जानकारी गराए । उनका बुबा भने सकुशल रहेको न्यौपानेले बताए ।
करिना चावहिलस्थित चारुमति इग्लिस बोर्डिङ स्कुलको कक्षा ६ मा अध्ययनरत थिइन । १२ बर्षीय बालकलाकार करिना काठमण्डौको सिफलमा बस्दै आएकी थिइन । नेपाल समाचारपत्रमा खबर छ ।

Namaste Filmy

Read Previous

जमानतमा छुटेपछि सलमानले भने: 'सबैलाई धन्यवाद'

Read Next

धुर्मुस र सुन्तलीले रुँदै सुनाए 'भुकम्पको पीडा' ।