
निर्देशक बिमल पौडेलले केहि कलाकार र केहि पूर्व माओवादी जनासेना लिएर जंगल पस्दै छन् ।तर उनि रियालमा न भएर रिलमा जंगल पस्न लागेका हुन् । बिमल पौडेलले निर्देशन गरि रहेको नया चलचित्र ‘झिल्को’को कथा बस्तु अनुसार उनि जंगल पस्न लागेका हुन् ।चलचित्रको कथा बस्तु अनुसार ७२ जना योद्धा लिएर पौडेल जंगल पस्न लागेका हुन् ।
अलगधार अनि समसामुहिक बिषय बस्तुमा चलचित्र निर्देशक गरेर आफ्नो भिन्दै परिचय बनाउना सफल निर्देशक बिमल पौडेलको निर्देशन रहेको चलचित्र ‘झिल्को ‘अहिले धमाधम छायांकन भै रहेको छ ।पूर्व पी. यल. य .को सत्य घटनामा आधारित चलचित्र ‘झिल्को’मा पत्रकार कृष्ण सेनको हत्याको बिषय बस्तु समेत उठाउन लागेको निर्देशक पौडेलले जानकारी दिनु भयो ।
नया परिबर्तनको साथ अघि बढेको युवाको विचारलाई मुख्य रुपमा समेटिएको चलचित्र ‘झिल्को’को नवलपरासी र चितवनको विभिन्न ठाउमा सुटिंग गरिदै छ ।
गत १२ गते आएको विनाशकारी भुकम्पले गर्दा केहि दिन छायांकन रोकिएको यस चलचित्रको अहिले पुन छायांकन सुरु गरिएको छ ।बिमल पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र ‘झिल्को ‘लाई परिबर्तन मुभिजको प्रस्तुतिमा शंकर दुलार र प्रकाश के.सी.ले निर्माण गरेका हुन् ।
चलचित्रमा राजु के.सी .को छायांकन ,माईला लामाको संगीत ,मजोज लामाको नूत्य,रबि रसाइलीको एक्शन रहेको छ ।रिद्दी चरण श्रेष्ठ ,बिरेन डी.सी .पुष्प आचार्य ,केदार पराजुली ,अपेक्षा अधिकारी ,निरन्जन शर्मा ,अभिनाश गजुरेल ,स्वस्ति क्षेत्री ,सीता ढुंगाना ,शारदा पौडेल ,बिक्रम कंडेल, किशोर खनाल,आलोक कार्की ,लक्ष्मी गौतम लगायत केहि पूर्व माओवादी जनासेनाको समेत अभिनय रहने छ ।

