दयाहाङले रांगा चढेपछि यस्तो बन्यो 'कबड्डी' । (ट्रेलर हेर्नुहोस)

मुस्ताङ चारकिल्ला क्षेत्रको एक थकाली युवतीको प्रेम देखाइएको चलचित्र कबड्डीको अफिसियल ट्रेलर रिलिज गरिएको छ । सोमबार एक कार्यक्रमका बीच पहिलो पटक सार्वजनिक गरिएको ट्रेलरमा दयाहाङ राई, निश्चल बस्नेत र नायिका रिश्मा गुरुङ बीचको रमाइलो प्रेमलाई कमेडि शैलीमा प्रस्तुत गरिएको छ ।फिल्मको सम्पुर्ण कथाबस्तु पनि यीनै तीन पात्रको वरिपरि घुमेको बताइन्छ ।ब्ल्याक हर्स इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन ।  यसअघि लुट जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशक निश्चल बस्नेतको लगानी रहेको यस फिल्मबाट निश्चल स्वयम अभिनेताको रुपमा डेब्यु गर्दै छन भने रिश्मा गुरुङको लागी पनि कबडडी डेब्यु नै हुनेछ ।

Kabaddi-nepali-movie-Dayahang Raiफिल्ममा दयांहाङ, निश्चल र रिश्मा को अलवा राजन खतिवडा, बुद्धी तामाङ, बिजय बराल, अरुण कार्की, कमलमणि नेपाल, पशुपति राई, पुष्कर गुरुङ, कविता आले, शिशिर वाङदेल, गोविन्द राई, कल्याण राई, उपेन्द्र सुब्बा लगायतको अभिनय रहेको छ ।
सुनिल रौनियार, ओम चन्द रौनियार र हिक्मत थपलियाको समेत प्रत्यक्ष लगानी रहेको यो फिल्ममा अधिकांश प्राबिधिक र कलाकार स्वयं ुशेयर होल्डरु रहेको निर्माता बस्नेतले जानकारी गराए । फिल्ममा पुरूषोत्तम प्रधानको छायाँकन, आधा सुर व्याण्डको संगीत, कुमार महर्जनको द्धन्द, गोविन्द राईको करियोग्राफी, निमेष श्रेष्ठको सम्पादन तथा नीलिमा शर्माको कस्टुम डिजाइन रहेको छ ।

Namaste Filmy

Read Previous

बलिउडका मशहुर साउन्ड डिजाइनरको कार दुर्घटनामा मृत्यु ।

Read Next

२२ बर्ष कि भइन बी टाउनकी आशिकी गर्ल श्रद्धा कपुर ।