'चंखे शंखे पंखे' दशैमा आउने ।

Chankhe shankhe pankheफिल्म चंखे शंखे पंखेको नयाँ रिलिज मिति तोकिएको छ । निर्देशक सुदर्शन थापाका अनुसार फिल्म अब कार्तिक ३ गते फुलपातीको दिनबाट प्रदर्शनमा आउनेछ ।
यसअघि जेठ १ गतेबाट प्रदर्शन गरिने भनिएको फिल्म महाभुकम्पका कारण सरेको थियो । आफ्नो पहिलो फिल्म मेरो एउटा साथी छ पनि फुलपातीमा रिलिज भएको बताउदै चंखे शंखे पंखेलाई पनि सो मितिमा रिलिज गर्ने निर्णय गरेको निर्देशक थापाले बताए ।
फिल्ममा निर्देशक थापासहित सुवास थापा, पुजा शर्मा, नन्दिता केसी लगायतको अभिनय रहेको छ । कमेडी जनरामा बनेको फिल्मले देशभक्ति र राष्टियताको कथा उठाएको छ ।

Namaste Filmy

Read Previous

धरहरासँग राजेश हमालको यस्तो अनुभव ।

Read Next

भुकम्पपिडितलाई मनिषाले ५० घर बनाइदिने ।