भुकम्पपिडितलाई मनिषाले ५० घर बनाइदिने ।

manisha_koiralaबलिउड हिरोइन मनिषा कोइरालाले भुकम्पपिडित नेपालीका लागी अस्थायी घर बनाउने अभियानमा साथ दिने भएकी छिन । उनले ५० वटा अस्थायी घर बनाउनको लागी सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुन ।
लोकाजित नामको संस्थाको रकम संकलन कार्यक्रममा उनले यस्तो बताएकी हुन । उनीसँगै बलिउड अभिनेता गुलसन ग्रोभरले पनि लोकाजित लाई साथ दिएको छ ।
नेपाली कला संरक्षणका लागी खोलिएको लोकाजितले भुकम्पपिडितलाई सहयोग पुर्याउने उद्देश्यले रकम संकलन गर्ने अभियान चलाएका थिए । सोहि अभियानमा मनिषासँग अन्य बलिउड कर्मीहरुले पनि साथ दिइरहेका छन ।

Namaste Filmy

Read Previous

'चंखे शंखे पंखे' दशैमा आउने ।

Read Next

भुकम्पमा परि प्राविधिक धन बहादुरको निधन ।