निर्देशक शोभित बस्नेतलाई पितृशोक ।

Karnaman-sing-basnet
कर्णमान सिहं बस्नेत

नेपाली फिल्म उद्योगका स्थापित निर्देशक शोभित बस्नेत र नायक जयकिशन बस्नेतलाई पितृशोक परेको छ । उनीहरुका बुवा कर्णमान सिहं बस्नेतको ९२ बर्षको उमेरमा शुक्रबार राति ८ बजे निधन भएको छ ।
उनको शुक्रबार राति नै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । निर्देशक शोभितले कर्णमानलाई दागबत्ति दिएका थिए । राति अन्त्यष्टि गरिएकाले आर्यघाटमा फिल्मकर्मीहरुको उपस्थिति भने अत्यन्त न्युन थियो ।
कर्णमानका दुई छोरा शोभित र जयकिशन फिल्म उद्योगका स्थापित निर्देशक तथा हिरो हुन । उनीहरु कर्णमानका ३२ औ श्रीमतिकी छोराहरु हुन । त्यसअघि कर्णमानले ३१ जना श्रीमतिसँग बिहे गरेर अलग्गिसकेका थिए । कर्णमानले ३३ औ श्रिमति पनि भित्र्याएका थिए । तर उनीसँग ३२ औ श्रीमति उर्फ शोभित र जयकिशनकी आमा मात्रै सँगै थिए ।

दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना ।

Namaste Filmy

Read Previous

‘कुंग फू योग’मा आमिर खान र जैकी चेन सगै अभिनय गर्दै

Read Next

सन्नी लियोनलाई देशनिकालाको माग ।