टुडिंखेलमा झाडु लगाउदै राजेश हमाल ।

rajesh-in-tudikhelभुकम्प प्रभावितहरुको सहयोगका लागी निकै खटिरहेका महानायक राजेश हमाल आइतबार टुडिंखेलमा झाडु लगाउन पुगे । उनले टुडिंखेलमा आश्रय लिइरहेका भुकम्प पिडितहरुमा सरसफाइको लागी अनुरोध गर्दै झाडु लगाए ।
कोसिस हेल्थ केयर फाउन्डेसनले सुरु गरेको सरसफाई अभियानमा हमाल सहभागी भएका हुन । अन्य कुरामा अरुको सहयोग चाहिने भएपनि सरसफाइ भने आफैले गर्नुपर्ने बताउदै उनले साबुन पानीले हात धुन समेत सबैलाई आग्रह गरे ।
हमालले भुकम्पपिडितका लागी विभिन्न देशहरुबाट सहयोग पनि जुटाइरहेका छन । उनले युरोपबाट मात्र एक अर्बभन्दा बढि सहयोग जुटाएका थिए भने अमेरिकाबाट ठुलो परिमाणमा सहयोग सामग्री झिकाएका थिए ।

Namaste Filmy

Read Previous

चलचित्र प्राविधिकहरुलाई पनि सहयोग गरौं ।

Read Next

मृत भेटिए हिरोइन । हत्या गरिएको आशंका ।