२२ बर्ष कि भइन बी टाउनकी आशिकी गर्ल श्रद्धा कपुर ।

Shraddha-Kapoor-Aashiqui-2 [dropcap]ब[/dropcap]र्ष २०१३ को सफल फिल्म ‘आशिकि २’ कि हिरोइन श्रद्धा कपुर ले सोमबार आफनो २२ औ जन्मदिन मनाएकि छिन ।

बलिउडका चर्चित अभिनेता शक्ति कपुर का छोरी श्रद्धा सन १९९२ मार्च ३ मा जन्मिएका थिए । उनकोे जन्मदिनको अवसरमा बलिउडका अधिकांश  फिल्मकर्मीहरुले शुभकामना तथा बधाई दिएका थिए ।

श्रद्धाले बलिउडमा आफनो करियर सन २०१० मा फिल्म ‘तीन पत्ती’ बाट सुरु गरेकि थिइन । त्यस्तै सन २०११ मा ‘लभ का टि इन्ड’ बाट उनी बलिउडमा हिरोइनको रुपमा उदाएकि थिइन । तर सो फिल्म ब्यवसायिक रुपमा सफल हुन सकेन ।
बर्ष २०१३ मा भने उनी अभिनीत सांगितिक लभस्टोरी ‘आशिकि २’ रिलिज भयो र फिल्म सफल भयो । जसबाट श्रद्धाले आशिकि गर्लको उपमा पाएकी थिइन । अशिकि २ को सफलतासंगै श्रद्धा बलिउडमा ब्यस्त हिरोइन बनेकि छिन । उनी हाल बिशाल भारद्धाजको फिल्म ‘हैदर’ मा शाहिद कपुरको साथ काम गरिरहेकि छिन । उनी अभिनीत फिल्म उंगली ‘और द विलेन’ पनि छिट्टै प्रदर्शन हुदैछ ।

Namaste Filmy

Read Previous

दयाहाङले रांगा चढेपछि यस्तो बन्यो 'कबड्डी' । (ट्रेलर हेर्नुहोस)

Read Next

'तोरी लाहुरे'को 'मस्तीमा' हेर्नुहोस । (गीत रिलिज)