'नमस्तेफिल्मी अनलाइन रेडियो' सञ्चालनमा ।

Namastefilmy online radioविगत दुई बर्षदेखि प्रकाशन हुदै आएको अनलाइन पत्रिका नमस्तेफिल्मी डटकमले आफ्नो अनलाइन रेडियो सेवा सञ्चालनमा ल्याएको छ । रेडियोको शनिबारबाट परिक्षण प्रसारण सुरु गरिएको सञ्चालक तथा नमस्तेफिल्मी डटकमका प्रधान सम्पादक रवि अधिकारी ले जानकारी दिए ।
उनले नमस्तेफिल्मी डटकमले पाएको सफलता सँगै नेपाली चलचित्रको बिकास, उत्थान र प्रबद्र्धन गर्ने उद्देश्यले रेडियो सञ्चालनमा ल्याएको बताए । रेडियोले चलचित्रसम्बन्धि विभिन्न कार्यक्रम, समाचार, गीतसँगीत, अन्तरवार्ता तथा अन्य विभिन्न प्रचारात्मक सामाग्रीहरु प्रसारण गरिने अधिकारीले बताए ।
आफुहरुले सञ्चालनमा ल्याएको अनलाइन रेडियोले नेपाली चलचित्रको बिकासमा इटा थप्ने काम गर्ने अर्का सञ्चालक ज्ञानेन्द्र तामाङले बिश्वास ब्यक्त गरे । उनी नमस्तेफिल्मी डटकमलाई जस्तै नमस्तेफिल्मी अनलाइन रेडियोलाई पनि सबैले रुचाउनेमा बिश्वस्त देखिए । त्यस्तै उनले श्रोता र चलचित्रकर्मीहरुकै सल्लाह सुझावको आधारमा रेडियोलाई अगाडि बढाइने बताए ।
नमस्तेफिल्मी अनलाइन रेडियो www.namastefilmy.com लग इन गरेर सुन्न सकिन्छ ।

Namaste Filmy

Read Previous

अमिताभको सुटिङस्थलमा गोली चल्यो ।

Read Next

हेर्नुहोस् निखिलको 'लुटेरा' अवतार । फस्टलुक ।