'तोरी लाहुरे'को 'मस्तीमा' हेर्नुहोस । (गीत रिलिज)

tori-inअगामी शुक्रबारबाट रिलिज को तयारीमा रहेको चलचित्र तोरी लाहुरेको एक आइटम गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रदर्शनको संघारमा आइपुगेर फिल्मको गीत रिलिज भएको हो । गीतको अडियो भने पहिले नै सार्वजनिक भएको र दर्शक स्रोतामाझ चर्चित समेत भइसकेको छ । कल्पना पाटवरीले गाएको आइटम गीतमा गम्भीर बिष्टको कोरियोग्राफीमा सफलता खनाल नाचेकि छिन । गीतमा शुसिल पोखरेल पनि देखिएका छन । गीतमा सन्तोषराजको संगीत रहेको छ भने दयाराम पाण्डेको शब्द रहेको छ ।
रोशफी तामाङले निर्माण गरेको तोरी लाहुरेलाई सफल द्धन्द निर्देशक एन बी महर्जनले निर्देशन गरेका हुन । फिल्ममा सुवास थापा, गजित बिष्ट, रोहित रुम्बा, अशिस्मा नकर्मी, दिनेश डि सी, सुशील पोखरेल लगायतको अभिनय रहेको छ । बेराजगार युवाहरुको जीवनमा आउन सक्ने उतारचढावको कहानी भनिएको फिल्मले दर्शकको राम्रो साथ पाउनेमा निर्माण युनिट ढुक्क छन । फिल्मको यसअघि नै रिलिज गरिएका प्रोमो तथा गीतहरुले दर्शकको माया पाइसकेको छ ।

Namaste Filmy

Read Previous

२२ बर्ष कि भइन बी टाउनकी आशिकी गर्ल श्रद्धा कपुर ।

Read Next

बलिउड अभिनेता इरफान खानले हलिउड फिल्म खेल्ने ।