मलाई घरनिकाला गरेको छैन : सन्नी लियोन ।

sunny-leone123पोर्नस्टार तथा बलिउड हिरोइन सन्नी लियोनले आफुलाई घरनिकाला गरिएको समाचार गलत भएको दाबी गरेकी छिन । उनले घर मालिक सेलिना जेट्लीले फ्ल्याटमा बस्न नदिई घर निकाला गरेको खबरलाई अफवाह भनेकी छिन ।
उनले आफुहरु विगत १ बर्षदेखि नै जुहुस्थित एक फ्ल्याटमा बस्दै आइरहेको र मिडियामा फैलिएको हल्ला गलत भएको बताइन ।
केहि दिनअघि सन्नी र उनका पति डेनियर वेबर बस्दै आएको सेलिना जेट्लीको घरमा फोहर गरेको भन्दै घर निकाला गरिएको समाचार आएको थियो । तर समाचारको बारेमा जिज्ञासा राख्दा सन्नीले भनिन : ‘म यस प्रकारको बकवास खबरमाथी कमेन्ट गर्न चाहन्न । सबैलाई थाहा छ हामी विगत एक बर्षदेखि जुह मा बसिरहेका छौ । यो अत्यन्त राम्रो फ्ल्याट हो ।’

Namaste Filmy

Read Previous

हेर्नुहोस् निखिलको 'लुटेरा' अवतार । फस्टलुक ।

Read Next

राम्रो मोडल तथा कलाकार बन्ने एलेक्सको सपना ।