अमिताभ बच्चनले फ्यानलाई दिए चेतावनी ।

amitabh-bachchanबलिउड महानायक अमिताभ बच्चनले आफ्ना फ्यानहरुलाई चेतावनी दिएका छन । उनले फ्यानलाई सजग गराउनको लागी चेतावनी दिएका हुन ।
उनले ट्वीटरमा आफ्नो फेक एकाउन्ट रहेकोले उक्त एकाउन्ट सँग कुरा नगर्नका लागी फ्यानहरुलाई आग्रह गरेका छन ।
उनले आफ्नो असली एकाउन्टबाट ट्वीट गरेका छन : यो एक नक्कली एकाउन्ट हो । यो मेरो हैन, कृपया योसँग कुरा गर्नबाट बच्नुहोला ।
ट्वीटरमा सयौ नक्कली एकाउन्ट भएपनि उक्त एकाउन्टमा निलो सहि चिन्ह समेत रहेकाले फ्यान झुक्किन सक्ने भन्दै उनले यस्तो भनेका हुन ।
उनले उक्त एकाउन्टबाट कसैलाई गलत तरिकाले फसाइएमा आफु जवाफदेहि नहुने पनि फ्यानहरुलाई चेतावनी दिएका छन ।

Namaste Filmy

Read Previous

भुकम्पको अघि मेरो चलचित्रको खर्च केहि पनि हैन निर्माता रावल हेर्नुहोस (भिडियो सहित )

Read Next

सलमान खानले फिल्म निर्माण गरेर सुनील शेट्टीको छोरिलाई हिरोनी बनाए