बलिउड अभिनेता इरफान खानले हलिउड फिल्म खेल्ने ।

बी टाउनका महानायक अभिताभ बच्चन पछि अब अर्का एक अभिनेता पनि हलिउड फिल्ममा देखिने भएका छन । अभिनेता इरफान खानले हलिउडका निकै महत्वकांक्षी फिल्म जुरासिक वल्र्डमा अभिनय गर्ने पक्का भएका हुन ।1271_0डायनोसर हरुको क्लोनिङ गरि पुन जिवित बनाएको कहानीमा आधारित रही १९९० मा उपन्यास लेखेका थिए । सोहि उपन्यासमा आधारित फिल्म जुरासिक पार्कको चौथो सिक्वेलमा इरफान अनुबन्ध भएका हुन । यसअघि नै जुराकि पार्कको तीन वटा फिल्महरु. बनिसकेका छन । फिल्ममा विभिन्न चर्चित हलिउड कलाकारहरुसंगै इरफान पनि मुख्य भुमिकामा रहने बताइएको छ । फिल्ममा इरफानको बिशाल जनावरहरुको पार्कको मालिकको भुमिका रहनेछ । फिल्मको निर्देशन कालिन ट्रेवारो ले गर्नेछन । निर्देशकका अनुसार यो फिल्म जुरासिक पार्क ३ भन्दा २२ बर्ष पछिको कहानीमा आधारित रहनेछ ।
इरफानले बलिउडमा थुप्रै फिल्ममा अभिनय गरेका छन । तर उनी पहिलो नम्बरको हिरो भने बन्न सकेका थिएनन । हलिउड फिल्ममा पाएको ब्रेकसंगै इरफानको करियरमा नयां मोड आउने फिल्मकर्मीहरुको भनाई छ ।

Namaste Filmy

Read Previous

'तोरी लाहुरे'को 'मस्तीमा' हेर्नुहोस । (गीत रिलिज)

Read Next

'म नेता होइन, अभिनेत्री हुँ प्लिज' : मोबाइल नम्बरका कारण तनावमा क्षितिजा शाक्य