
बेलाबेलामा चर्चामा आइरहने हलिउड स्टार किम कर्दाशियां फेरी एकपटक मिडियामा छाएकी छिन । हालै एक समारोहका क्रममा उनले लगाएको लुगामा आगो लागेपछि उनी चर्चित बनेकी हुन ।
खासमा उनी काउन्सिल अफ फेशन डिजाइनर्स अफ अमेरिका अवार्ड को डिनर समारोहमा सहभागी भएकी थिइन । सोहि बखत अचानक उनले लगाएको गाउन पीसमा आगो सल्कियो ।
आगो लाग्नेबित्तिकै किम चिच्याएकी थिइन । तत्कालै संगीतकार फैरेल विलियम्स र उनको श्रीमतिले आगो निभाएका थिए । समारोहमा किमले कालो शीर वान पीस गाउन लगाएकी थिइन ।
घटनापछि किमले इस्टाग्राममा घटनाको बारेमा लेखेकी छिन । उनले संगीतकार र उनको पत्नीलाई धन्यवादसमेत दिएकी छिन ।

