खुलासा: टाइगरको रोमान्स दिशासँग ।

tiger-Dishaबलिउडमा हिरोपंती डेब्यु हिरो टाइगर श्राफ आफुलाई सिंगल रहेको बताउदै आएका छन । तर एक अंग्रजी अखवारले उनको रिलेशनसिप सार्वजनिक गरेको छ ।
उनी दिशा पटानी सँग केहि बर्षयता रिलेशनमा रहेको खुलासा भएको हो । उनीहरु दुवै आफ्नो रिलेशनलाई गोप्य राख्न चाहन्छन । तसर्थ दुवैले यसबारेमा मुख खोलेका थिएनन ।
दिशा पनि बलिउडमा हिरोइन बन्न स्ट्रगल गरिरहेकी युवति हुन । उनले करण जोहरको नो सेक्स प्लीज, एकता कपुरको वैनिटी फेयर तथा वी आर इन्डियन लगायतमा अभिनय पनि गरिसकेकी छिन । तर यी फिल्महरु प्रदर्शन निर्माण पुरा हुन सकेको छैन ।
बताइएअनुसार दिशालाई टाइगरले नै फिल्म बागी बाट डेब्यु गराउने चर्चा थियो । भारतीय मिडियाले प्रथामिकताका साथ लेखेको छ ।

Namaste Filmy

Read Previous

'मारिना'मा बाबु बन्दै आर्यन ।

Read Next

अर्जुनको निर्देशनमा 'बुद्धका आँखा हेर' ।