अर्जुनको निर्देशनमा 'बुद्धका आँखा हेर' ।

Arjun-Direction4सञ्चारकर्मी अर्जुन के आर निर्देशनतर्फ लम्किएका छन । उनले यसै साता एक देशप्रेमले ओतप्रोत गीतको म्युजिक भिडियो निर्देशन गरे ।
‘बुद्धका आँखा हेर शालिन छन अझै’ बोलको गीत निर्देशन गर्दा निकै रमाइलो भएको उनको अनुभव छ । आफ्नो पहिलो निर्देशन भएकाले निकै मिहेनत गरेको र दर्शकले रुचाउने अपेक्षा रहेको उनले बताए । Arjun-Directionभिडियो मंगलबार र बुधवार साँखु आसपासका क्षेत्रहरु, सुन्धारा तथा स्वयम्भु लगायत स्थानमा खिचिएको हो । जसमा अर्जनले देशकै चर्चित हास्य अनुहारहरु दिपकराज गिरी, दिपाश्री निरौला, निर्मल शर्मा गैडा, जितु नेपाल मुन्द्रे, सुरविर पण्डित सहित झरना थापालाई समेत अभिनय गराएका छन ।
गीतमा ज्योति प्रकाश र जुना प्रसाई को स्वर तथा ज्योति प्रकाशको संगीत छ । गीतको शब्द मधु शाहीले लेखेकी हुन । गीतले एकतामा नै बल छ र विपतमा परेको बेला मिलेर सहयोग गर्नुपर्छ भन्ने सन्देश बोकेको छ । Arjun-Direction2 Arjun-Direction1 Arjun-Direction3

Namaste Filmy

Read Previous

खुलासा: टाइगरको रोमान्स दिशासँग ।

Read Next

'टिचर'को प्रिमियर, माइती नेपाललाई ५१ हजार सहयोग