'आभास' ले दियो टाइटल डिजाइन गर्ने अवसर ।

ग्लोसी पिक्चर र क्रियटिभ फिल्मसको ब्यानरमा दुर्गिश थापाको प्रस्तुती रहेको फिल्म ‘आभास’ को टाइटल डिजाइनिङ प्रतिस्पर्धा हुने भएको छ । यो ग्राफिक्स डिजाईनरहरुको लागि राम्रो अफर हुन सक्छ ।  नयाँ र मेहनती नेपाली डिजाईनरलाई प्रोत्साहन र अवसर प्रदान गर्ने उद्देश्यले ‘टाईटल डिजाईनिङ्’ प्रतिस्पर्धा राखिएको फिल्म निर्माण टोलीको भनाइ छ ।1979531_1472897319590858_1207427296_n
टाइटल डिजाइन गर्दा नेपाली र अंग्रजी दुवै अक्षरहरुमा आफ्नै रोजाइअनुसार बनाउन सकिनेछ । यसरी आकर्षक र सुन्दर आभास को टाइटल डिजाइन गरेर पठाउन ग्राफिक्स डिजाइनरहरुलाई आग्रहसमेत गरिएको छ ।
उत्कृष्ट डिजाईन गर्ने एक जना लाई उचित पुरस्कार प्रदान गरिने फिल्म निर्माण टोलीले बताए ।
आफुले बनाएको डिजाईन durgishfilms@ymail.com मा इमेल गरि पठाउन सकिने छ साथै ‘आभास’को अफिसियल फेसबुक पेज आभास  मा आफ्नो नाम सहित पोस्ट गर्न पनि सकिने छ । डिजाईन स्पष्ट खुल्ने साईज र फम्र्याटमा फागुन मसान्त भित्र पठाइसक्नुपर्नेछ ।
फिल्म अभासलाई लामो समयदेखि फिल्म सम्पादनमा अनुभव बटुलेका सुरेन्द्र पौडेलले निर्देशन गदैछन । सुनिल रावल र गोविन्द शाहीले निर्माण गर्न लागेको फिल्मको लागी कलाकारहरुको समेत खोजी भइरहेको छ ।

Namaste Filmy

Read Previous

'म नेता होइन, अभिनेत्री हुँ प्लिज' : मोबाइल नम्बरका कारण तनावमा क्षितिजा शाक्य

Read Next

'ऋतु'ले पायो युनिभर्सल सर्टिफिकेट । सबै बर्गका दर्शकले फिल्म हेर्न पाउने ।