कलाकारसँग हारे नेता ।

[dropcap]भु[/dropcap]कम्पपिडितको सहयोगार्थ राजनितिक दलका नेताहरु र कलाकारहरुबीच भएको मैत्रीपुर्ण खेलमा नेताको टोली कलाकारसँग पराजित भएका छन । Neta-footballसशस्त्र प्रहरीको हलचोक मैदानको आज भएको खेलमा कलाकार टोली ३-० ले बिजयी भएको हो । कलाकार टोलीले पहिलो हाफमा १ गोल गरेका थिए भने दोस्रो हाफमा २ गोल गर्न सफल भएका थिए ।
कलाकारका तर्फबाट कुमार श्रेष्ठ ‘फर्सीलाल’ले पहिलो हाफको ३७ औ मिनेटमा गोलको खाता खोलेका थिए भने दोस्रो हाफको अन्तिम समयमा थप दुई गोल भएको हो ।
खेलमा नेताको टीमबाट प्रधानमन्त्री सुशिल कोइराला, एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत माओबादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरण, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पूर्व प्रधानमन्त्रीहरु शेरवहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, युवा नेताहरु गगन थापा, रविन्द्र अधिकारी, योगेश भट्टराई, बर्षमान पुन लगायत सहभागी थिए । kalakarत्यस्तै कलाकारको टोलीमा मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, करिश्मा मानन्धर, दिपकराज गिरी, दिपाश्री निरौला, झरना थापा, दिलिप रायमाझी लगायत सहभागी भए ।
जनही ५ सय रुपैयाको टिकट विक्रि तथा नेता र कलाकारले लगाएका जर्सि विक्रि गरेर संकलन हुने रकम भुकम्प पीडितलाई प्रदान गर्ने आयोजक नयाँ पत्रिकाले जनाएको छ ।

Namaste Filmy

Read Previous

आमिर खान पनि कानुनी झमेलामा ।

Read Next

फिल्म रिलिज भएको भोलिपल्ट हिरोइनको निधन ।