जनतालाई प्रधानमन्त्री राहत कोषको बिश्वास छैन : हरिवंश ।

Hari-Bansha-Acharyaअभिनेता हरिवंश आचार्यले भुकम्पपिडितलाई राहत संकलनको लागी स्थापना गरिएको प्रधानमन्त्री राहत कोषलाई जनताले पुर्ण बिश्वास गर्न नसकिरहेको बताएका छन । उनले पञ्चायत ब्यवस्था देखि  अहिलेसम्म नै देशमा बिश्वसनीय सरकार नभएकोसमेत बताए ।
एक अन्तरवार्तामा उनले सरकारमा रहेका धेरै मान्छे भ्रष्ट रहेको र कुनै ब्यापार ब्यवसाय बिना नै धनी भएकाले जनताले बिश्वास नगरेको बताए । कोषको रकम पनि भुकम्पपिडितसमक्ष पुग्ने नपुग्नेमा जनता बिस्वस्त नभएको उनको भनाई थियो ।
आफुसहित कलाकार मदनकृष्ण श्रेष्ठ र बलिउड नायिका मनिषा कोइरालालाई सरकारले दुतको रुपमा घोषणा गरेको बारे भने उनी सकारात्मक देखिए । उनले सरकारले दिएको यो महत्वपुर्ण जिम्मेवारीबाट आफुहरु पन्छिन नहुने भन्दै सबैलाई समेटेर काम गर्ने बताए ।
आफुले अन्य फिल्मकर्मी तथा खेलाडीहरुलाई पनि समेटेर बिशेष प्राधिकरणको रुपमा अगाडि बढाउन प्रधानमन्त्रीसमक्ष कुरा राखेको बताउदै उनले यसका लागी प्रधानमन्त्री सकारत्मक रहेको बताए ।
स्मरण रहोस केहि दिन अघि मात्रै प्रधानमन्त्री राहत कोषमा पर्याप्त रकम संकलन नभएको भन्दै सरकारले मदनकृष्ण, हरिवंश र मनिषालाई दुत घोषणा गरेका थिए ।
नागरिकमा प्रकाशित सामाग्रिको आधारमा ।

Namaste Filmy

Read Previous

फिल्म रिलिज भएको भोलिपल्ट हिरोइनको निधन ।

Read Next

सरोज खनाललाई अमेरिकामा बिदाई ।