चलचित्र विकास बोर्डको अध्यक्ष राजकुमार राइलाई बाजा बजाएरै स्वागत

rajkumar-rai-4चलचित्र विकास बोर्डको अध्यक्ष राजकुमार राइले आज (सोमबार)पदबहाली गरेका छन् । नेपाल सरकारको मन्त्रीपरिषद्को बैठकबाट चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका राईलाई चलचित्र विकास बोर्ड कर्मचारी र चलचित्रकर्मीले बाजा बजाएरै स्वागत गरेका थिए ।
rajkumar raiनव नियुक्त अध्यक्ष राईको स्वागतमा चलचित्र विकास वोर्डको कार्यालय भवनमा वोर्ड सदस्य सहित फिल्म सम्वद्ध विभिन्न संघ संस्थाका प्रतिनिध एवं फिल्मकर्मीको बाक्लो उपस्थिति रहेको थियो । सबैले राई गर्न सक्ने मान्छे भएको भन्दै उनी बोर्ड अध्यक्ष भएर आउँदा खुशी लागेको बताए । वोर्डको हलमा आयोजित औपचारिक कार्यक्रममा पाँच बुँदे कार्य पत्र प्रस्तुत गर्दै उनले सबै फिल्म सम्बद्ध संघ संस्था र व्यक्तिलाई वोर्डको सकारात्मक कार्य सँग सहकार्य गरी अगाडी बढ्न आग्रह समेत गरे ।
rajkumar rai1कम्तीमा दुई वटा फिल्ममा अभिनय गरेका कलाकारको अभिलेख राख्ने कार्यलाई वोर्डले तत्कालै सुरु गर्ने जानकारी दिदैं उनले बक्स अफिस र फिल्म बर्गीकरण लागु गर्नु आफ्नो कार्यकालको प्रमुख उद्धेश्य रहेको खुलाए । उनले चलचित्र विकास बोर्डले आयोजना गर्दै आएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’लाई पनि निरन्तरता दिने बताउनु भयो ।
baja

Namaste Filmy

Read Previous

नेपाली क्यामेरामेनलाई बलिउडमा अवार्ड ।

Read Next

यी प्रसिद्ध गायकले गरे झुन्डिएर आत्महत्या ।