'ऋतु'ले पायो युनिभर्सल सर्टिफिकेट । सबै बर्गका दर्शकले फिल्म हेर्न पाउने ।

[dropcap][/dropcap]म्भावना बोकिएको चलचित्रको रुपमा हेरिएको चलचित्र ऋतुलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । अगामी शुक्रबारबाट रिलिजको तयारीमा रहेको चलचित्र ऋतु लाई सबै बर्गका मानिसले हेर्न पाउने भएका छन् ।
ritu
दर्शना आर्टसले वितरण गर्न लागेको सो चलचित्र हेर्दै सेन्सर बोर्डका सदस्यहरुले चलचित्र एकदमै राम्रो भनेको भन्दै चलचित्रमा तेस्तो नराम्रो काट्न पर्ने शब्द र दृष्यहरुको नभएको बन्दै युनिभर्सल सर्टिफिकेट दिएको हो । चलचित्रमा राजवल्लभ कोइराला संगै पुर्व मिस नेपाल मलिना जोशी, रिमा विश्वकर्मा,बिष्णु न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ ।

मनोज अधिकारीले निर्देशन गरेको फिल्मलाई शैलु आचार्य, अशोक गौतम, सुरज प्रधान र अपिल बिष्टले संयुक्त रुपमा निर्माण गरेका हुन । रिलिजको संघारमा रहेको फिल्मको ऋतु को छायांकन अष्ट्रेलियाको रमणिय स्थलहरुमा र नेपालमा गरिएको छ ।सन्दीप बडालले लेखेका फिल्ममा हेमन्त राना र सुजिल कर्मचार्यको संगीत, भरतमणी रेग्मीको सम्पादन, सुशन प्रजापतीको छायाँकन तथा भिमसेन गुरूङको करियोग्राफी रहेको छ ।ritu 2
अहिले चलचित्रको प्रदर्शन मिति उल्टो काउन्ट डाउन सुरु भइसकेको छ भने फिल्मका निर्माण युनिट फिल्मको प्रचारप्रसारमा दौडधुप गरिरहेका छन । फिल्मकै प्रचारका लागी अस्ट्रेलियाबाट नेपाल आएका अशोक गौतम, नायिका मलिना जोशी लगायत अहिले फिल्म प्रचारमा ब्यस्त छन । फिल्मका मुख्य नायक राजवल्लभ कोइराला, निर्देशक मनोज अभिकारी, नायिका रिमा बिश्वकर्मा भने हाल देशबाहिर रहेका छन ।

Namaste Filmy

Read Previous

'आभास' ले दियो टाइटल डिजाइन गर्ने अवसर ।

Read Next

पोखरा तिर 'नाइके' बन्दैछन आर्यन सिग्देल । (फोटो फिचर)