पोखरा तिर 'नाइके' बन्दैछन आर्यन सिग्देल । (फोटो फिचर)

शुसन घिमिरे , पोखरा
1535590_10202307361437568_1913074137_n [dropcap]कु[/dropcap]नै बेला थियो प्राकृतकि सुन्दरताले भरिपूर्ण पोखरामा मासीक दर्जन जति नेपाली फिल्महरु सुटिङ हुने गर्दथ्ये । दिनहु जसो पोखरा र आसपासका क्षेत्रहरु फेवाताल,बेगनासताल ,शान्तीवन,गोर्खाभिलेज,शान्तीस्तुपा,पामे,सराङकोट लगाएत ठाउं हरुमा फिल्म सुटिङ हुने गरेको देखिन्थ्यो । लगभग सबै जसो फिल्महरुको सम्पूर्ण छायंकन पोखरामा सकाएर फिल्म युनिट काठमाण्डौ फर्किने गर्दथ्ये तर अहिले समय परिर्वतन भएको छ पछिल्लो समयमा अधिकांश नेपाली फिल्म भित्र पोखरा भन्दा पनि बिषेश गरि तराई , सुदुर तथा मध्यपश्चिमका दृश्यहरु कैद हुन थालेका छन् । आजकल पोखरामा एक महिनामा एउटा मात्र फिल्मको सुटिङ भेट्न पनि मुस्कील पर्दछ । पोखरामा नेपाली फिल्ममा चलेका नायक, नायीका र ठूला व्यानरका फिल्म भन्दा पनि मोफसलमै कम बजेटमा निर्माण हुने नेपाली फिल्महरु,गुरुङ फिल्म र म्युजिक भिडियो को छायांकन बढि हुने गर्दछ ।1961646_603292036432225_1443496729_nनेपाली फिल्मका चलेका अनुहार ले अभिनय गरेका फिल्महरुको छायंकनमा कमि भईरहेको बेला गत हप्ता मात्रै पोखराको बिन्दबासीनि मन्दिरमा शुभ मुर्हत गरिएको आर्यन सिग्देल अभिनित फिल्म नाइकेको छायंकन अहिले पोखरा सहित आसपासका क्षेत्रमा भईरहेको छ । ग्याङ्गस्टार हरुको कथामा आधारित रहेको सो फिल्मको हिजो सोमबार पोखराको गोर्खा भिलेजमा द्धन्दका दृश्यहरुको अन्तीम छायंकन सम्पन्न भएको छ । 10003167_603292296432199_1655283679_nकेही दिनमै फिल्मको ईनडोर सुटिङ सुरु हुने निर्देशक नेत्र गुरुङ ले जानकारी दिएका छन् । व्ल्याक स्याडो  प्रोडक्शन को व्यानरमा निर्माण भईरहेको फिल्म नाईकेमा आर्यन सिग्देलको साथमा रेम बिक , बोधराज रेग्मी , सुरविना कार्की, सारिका केसी, बिजयराज सेन्चुरी, बिकास बास्तोला, कृष्ण उदासी, जे के श्रेष्ठ लगाएतको भुमिका रहेको छ ।

फिल्मको कथा अनुरुप नायक सुरज आर डि पनि को पनि सश्पेन्स भुमिका रहेको निर्देशक गुरुङले जानकारी दिएका छन्  ।1974433_603291799765582_454070766_nकरिब ५० लाखको लगानीमा फिल्मलाई जगदिश खनाल , आनन्द क्षेत्री  ,नारायण खनाल , संगिता पराजुली र रेशा गुरुङ ले फिल्मलाई संयुक्त रुपमा निर्माण गरेका हुन् भने कार्यकारी निर्माता बिष्णु हमाल रहेका छन् । फिल्ममा सानु कुमार मर्हजनको द्धन्द निर्देशक , तारा प्रकाश लिम्बू , रमण गायक र योगेशकाजी बिसि संगितकार रहेका छन् ।

1964447_603292423098853_1860420760_n
नायक रेम बिक र नायिका सुरबिना कार्की

10000070_603292329765529_102529227_n
नायिका सारिका केसी

1974546_603292139765548_865370139_n
नायिका सुरबिना कार्की

1779170_605289296213977_1858475805_n

यो पनि पढ्नुहोस :

आर्यन सिग्देल ‘नाइके बन्दै

Namaste Filmy

Read Previous

'ऋतु'ले पायो युनिभर्सल सर्टिफिकेट । सबै बर्गका दर्शकले फिल्म हेर्न पाउने ।

Read Next

पलभरमै खुशी पलभरमै पीडा ल्यायो 'नोभेम्बर रेन'ले । (भिडियो हेर्नुहोस)