साँस्कृतिक कार्यक्रमको रकम भुकम्पपिडितलाई ।

Dang-Programme1जेष्ठ २२ र २३ गते सम्पन्न बृहत साँस्कृतिक कार्यक्रम—२०७२बाट संकलन भएको रकम बिहिबार भुकम्पपिडितलाई सहयोग गरिएको छ । जेष्ठ २२ र २३ गते पुरन्धाराको हंसपुरमा भएको बृहत साँस्कृतिक कार्यक्रमबाट संकलन भएको रकम जिल्ला प्रशासन कार्यालय दाङ मार्फत् प्रधामन्त्री राहात कोषमा ३१ हजार पाँच सय रुपैयाँ सहयोग गरिएको हो ।
बृहत साँस्कृतिक कार्यक्रम—२०७२ का कार्यक्रम निर्देशक तथा नेपाली कथानक चलचित्र ‘रोल्पा रोग’ का निर्देशक दिपक वली, कार्यक्रम संयोजक तथा रेडियो हापुरेका स्टेसनम्यानेजर प्रेमबहादुर राम्जा, गणतन्त्र दैनिकका समाचारदाता निशानदाजु भट्टराईले प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेललाई भौचर हस्तान्तरण गर्नुभएको थियो ।Dang-Programmeयस्तै गएको जेष्ठ २२ गते हास्य टेलिश्रृङ्खला मेरी बास्सै र भद्रगोलको टीमलाई  काभ्रेपलाञ्चोकको पहरी बस्ती निर्माणका लागि १८ हजार ८ सय ६३ रुपैया सहयोग गरिएको कायृक्रम निर्देशक वलीले जानकारी दिनुभएको छ । कार्यक्रम मार्फत् भुकम्पपिडितहरुका लागि पचार हजार तीन सय ६३ रुपैया सहयोग गरिएको कार्यक्रम संयोजक प्रेमबहादुर राम्जाले जानकारी दिनुभएको छ । नेपाली कथानक चलचित्र ‘रोल्पा रोग’ र जनजागरण अशल शासन क्लवले आयोजनामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा कलाकारहरु दिलिप राइमाझी, अर्जुन घिमिरे पाँडे, कुमार कट्टेल जिग्री, गोविन्द मधुर आचार्य, तिलक वली, शिशिर भण्डारीलगायतको सहभागीता रहेको थियो ।Dang-Programme2

Namaste Filmy

Read Previous

प्रसिद्ध हलिउड भिलेन ली को निधन ।

Read Next

दिप्सना खड्का बनिन ‘मिस एसएलसी पोखरा’