सबैको रोजाईमा अर्जुन पोखरेल ।

Arjun-pokhrel [dropcap][/dropcap]हिलेका ब्यस्त संगीतकारमध्यका एक अर्जुन पोखरेल सबैको रोजाइमा पर्न थालेका छन । उनको संगीत र सिर्जनालाई दर्शक स्रोताले अत्याधिक रुचाएपछि उनको ब्यस्तता दिनानुदिन बढेको हो ।
सरल, मृदुभाषी स्वभावका अर्जुनसँग काम गर्न फिल्म निर्माता, निर्देशकको लाइन नै लागेको छ । त्यस्तै अन्य आधुनिक, लोक तथा पप गीतसँगीतमा पनि उनको माग उतिकै छ ।
पछिल्लो समय सफल र स्थापित संगीतकारको रुपमा गनिएका उनले नया पुस्ताका सुदर्शन थापा, दिवाकर भट्टराईसँगै पुराना पुस्ताका दयाराम दहाल, छविराज ओझा, उद्धव पौडेल लगायतसँग काम गरिसकेका छन । उनको सँगीतले बजारमा राम्रो चर्चा पनि पाउने गरेका छन ।
‘दिलमाया’ फिल्मबाट फिल्ममा सँगीत दिन थालेका उनी पछिल्लो समय फिल्म ‘किस्मत २’, ‘प्रेम गीत’, ‘ठमेल डटकम’, ‘कर्मा’, ‘साथसाथ’, ‘उमंग’, ‘यो पागल मन’, ‘बिन्दास ३’ लगायत फिल्मको सँगीतमा ब्यस्त छन । त्यस्तै नाम तय नगरिएका अन्य केहि फिल्मको पनि काम भइरहेको उनले बताए ।
उनले यसबर्षका हरेक फिल्मका सँगीतले आफुलाई फरकफरक चिनारी दिने कुरामा पनि बिश्वास ब्यक्त गरे ।
अर्जूनको सँगीतमा बिन्दास, बिन्दास २, रक्षा, मेरो जीवनसाथी, स्टुपिड मन, टाइगर द रियल हिरो लगायत फिल्मका गीतहरु निकै चर्चित छन । उनले यिनै फिल्मका गीतहरुबाट थुप्रै अवार्डहरुसमेत हात पारिसकेका छन ।

Namaste Filmy

Read Previous

सरोज खनालजी नेपाल वृद्धाश्रम हो?

Read Next

ब्रेकअप भएको हो त ?