
फिल्म ‘बिरानो माया’ बन्ने भएको छ । सोमबार राजधानीको कमलादीस्थित गणेश मन्दिरमा फिल्मको शुभमुहुर्त गरियो ।
फिल्मलाई माधव खरेलले निर्देशन गर्नेछन । फिल्ममा नम्रता सापकोटा, श्रीदेव भट्ट, दिनेश डिसी, राजु बजाज, रोहित रुम्बा, सुरविर पण्डित, दिपाशा बिसी लगायतको अभिनय रहनेछ ।
मिलान लामा र साबित्री अधिकारीको लगानी रहने फिल्म यहि साताबाट छयांकनमा जानेछ । फिल्मको छयांकन काभ्रे, सिन्धुली, जनकपुर, झापालगायत स्थानमा गरिनेछ ।

