
फिल्म ‘जंगबहादुरको कोट’ले पिजी सर्टिफिकेट पाएको छ । सेन्सर बोर्डले फिल्मलाई १६ बर्षमुनिका बालबालिकाले अभिभावकको साथमा हेर्नुपर्ने गरी पिजी दिएको हो ।
फिल्ममा समेटिएको डरलाग्दो हत्याको दृश्यहरुका कारण पिजी पाइएको फिल्मका निर्देशक आशिष भेट्वालले बताए ।
नेपालसँगै अष्ट्रेलियामा खिचिएको फिल्म खडका एण्ड सन्स सिने इन्टष्ट्रिजको ब्यानरमा बनेको फिल्मका निर्माता योगेन्द्र खड्का, जयन्द्र खड्का, तथा देवी शिवाकोटी हुन ।
फिल्ममा अनुप बराल, बिमलेश अधिकारी, सुचित्रा अचार्य, विश्व बस्नेत, सौभाङगी कोइराला लगायतको अभिनय छ ।

