पलभरमै खुशी पलभरमै पीडा ल्यायो 'नोभेम्बर रेन'ले । (भिडियो हेर्नुहोस)

[dropcap][/dropcap]गामी चैत्र १४ लाई रिलिज मिति तोकेको फिल्म नोभेम्बर रेनको स्याड भर्सनको अर्को गीतको भिडियो रिलिज भएको छ। भिडियोमा आर्यन सिग्देल,नम्रता श्रेष्ठ र छुल्ठिम गुरुङ अत्यन्त दुखी रहेको देख्न सकिन्छ । noveयसअघि नै अडियोमा सार्वजनिक भएर स्रोताहरुले निकै रूचाईएको फिल्मको पलभरमै पीडा बोलको गीतमा ताराप्रकाश लिम्बुको संगीत, दिनेश राउतको शब्द तथा युवराज चौलागाईं, रजिना रिमाल र मेलिना राईको स्वर रहेको छ ।
फिल्म नोभेम्बर रेनलाई दिनेश राउतले निर्देशन गरेका हुन् । सुवास गिरीसंगै आर्यन सिग्देल को निर्माण रहेको  फिल्ममा आर्यन, नम्रता र छुल्ठिमका अलवा केशव भट्टराई, शिरिष राणा, हिउँवाला गौतम, अमितेश शाह लगायतका कलाकारको पनि अभिनय रहेको छ । छेतन गुरूङको कथा रहेको यो फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् ।

Namaste Filmy

Read Previous

पोखरा तिर 'नाइके' बन्दैछन आर्यन सिग्देल । (फोटो फिचर)

Read Next

साउन २३ मा ‘शिसा’ आउने