बहुचर्चित फिल्मबाट किन निकालिए सलमान ?

salman khan-inmबलिउड स्टार सलमान खान बहुचर्चित फिल्म ‘शुद्धि’बाट निकालिएको खुलासा भएको छ । यो कुरा स्वयम सलमानले सार्वजनिक गरेका हुन ।
फिल्म बजरंगी भाइजानको ट्रेलर लन्च गर्दै सलमानले शुद्धिबाट आफु निकालिएको बताए । उनले करिनालाई सोध्दै भनेका थिए : मलाई त ‘शुद्धि’बाट निकालिएको थियो, तिमीले चाही किन फिल्म नगरेको ?
जवाफमा करिनाले रितिकले फिल्म छाडेकाले आफुले पनि नगरेको बताइन । यसअघि फिल्ममा करिना र रितिक रोशनले रोमान्स गर्ने चर्चा थियो ।
यसरी सबै स्टार फिल्मबाट हटेपछि अब बरुण धवन र आलिया भट्टले फिल्म गर्ने भएका छन । फिल्मलाई करण जोहरले निर्माण गर्दैछन ।

Namaste Filmy

Read Previous

फिल्म किन बनाउने ?

Read Next

'नेफ्टा अवार्ड' घोषणा । कतारमा आयोजना गरिने ।