बलात्कारको आरोपमा निर्देशक गिरफ्तार ।

mahmood-farukiबलिउडमा थुप्रै फिल्महरुमा सहायक निर्देशकको रुपमा काम गरिसकेका मोहमुद फारुकीलाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई एक अमेरिकी महिलालाई बलात्कार गरेको आरोपमा नियन्त्रणमा लिइएको हो ।
दिल्लीको न्यु फ्रेन्डस थानामा उनीबिरुद्ध २८ मार्चमा उजुरी परेको थियो । उनले अमेरिकी महिलालाई दिल्लीको सुखदेव विहारमा बलात्कार गरेको आरोप छ ।
फारुकी आमिर खानले निर्माण गरेको फिल्म ‘पिप्ली लाइभ’को पनि सहनिर्देशक हुन । यस फिल्मको निर्देशक भने उनकै पत्नी रिज्वी फारुकी थिइन ।

Namaste Filmy

Read Previous

चर्चामा 'मेरो माया तिमीलाई' । भिडियो ।

Read Next

चलचित्र पत्रकार संघद्धरा खेद ब्यक्त । गौतमलाई १५ दिने अल्टिमेटम ।