चलचित्र पत्रकार संघद्धरा खेद ब्यक्त । गौतमलाई १५ दिने अल्टिमेटम ।

Film-journalist-association-bigyapti [dropcap][/dropcap]लचित्र पत्रकार श्याम सुन्दर गिरीलाई टेलिफोनमार्फत ज्यान मार्नेसम्मको धम्की दिएको प्रति चलचित्र पत्रकार संघले खेद ब्यक्त गरेको छ । संघको आइतबार बसेको बैठकले प्रेस विज्ञप्ती जारी गर्दै यस्ता गैर कानुनी ब्यवहारप्रति आपत्ति जनाएको हो ।
संघको महासचिव सन्दिप सापकोटाद्धरा हस्ताक्षरित बिज्ञप्तिमा धम्की दिने अभिनेता सुदर्शन गौतमलाई माफी माग्नका लागी १५ दिने अल्टिमेटम समेत दिइएको छ । उक्त अवधिमा आफ्ना शब्द फिर्ता लिई माफी नमागेमा गौतमलाई बहिस्कारसम्म गरिने संघले जनाएको छ ।
बिज्ञप्तिमा पत्रकार गिरीलाई समाचार लेखेकै आधारमा मारेर फाल्ने भनि अश्लिल शब्द बोल्दै धम्की दिनु, समाचार संस्था तथा सञ्चारकर्मीमाथी धावा बोल्नु,  पटक पटक चलचित्र पत्रकार संघको समेत नाम जोडेर गाली गलौज गर्नु अक्षम्य रहेको संघले उल्लेख गरेको छ । तसर्थ यथाशिघ्र माफी मागेर प्रेसको मर्यादा राख्न र पत्रकार माथीको सम्मान कायम गर्न समेत गौतमलाई आग्रह गरिएको छ । Film-journalist-association-bigyapti1

Namaste Filmy

Read Previous

बलात्कारको आरोपमा निर्देशक गिरफ्तार ।

Read Next

एक करोडले पछ्याउछन् प्रियंकालाई ।