रंगपत्रकार रवि अधिकारी बने गीतकार तथा मोडल ।

Rabi-adhikariचितवनमा रहेर रंगपत्रकारीता गरिरहेका रवि अधिकारी कलाकारितामा होमिएका छन । उनले यसै साता एक म्युजिक भिडियोमा मोडलिङ गरे ।
काठमण्डौ, दामन, पालुङ लगायतको रमणिय स्थानमा खिचिएको मेरो भागको खुशी नि तिमीलाई मिलोस बोलको गीतमा उनले अभिनय गरेका हुन । गीतमा उनले मोडल सुजाना ढकालसँग अनस्कृन रोमान्स गरेका छन । गीतको शब्द पनि रवि आफैले लेखेका हुन ।
रविकै शब्दमा टंक बुढाथोकीको स्वर तथा सँगीत रहेको गीतको छयांकन गत शनिबार र आइतबार गरिएको थियो । रवि र सुजानासँगै बिक्रम कँडेल पनि भिडियोमा छन । भिडियोलाई फिल्म निर्देशक शोभित बस्नेतको निर्देशनमा कृष्ण श्रेष्ठले खिचेका हुन । Rabi-adhikari3सधै अरुको अभिनय हेर्ने र समाचार लेख्ने मान्छे अहिले आफै अभिनयमा होमिंदा नौलो अनुभव लागिरहेको रवि बताउछन । उनले अबका दिनमा कलाकारितामा नै केहि गर्ने र अभिनयबाटै दर्शकमाझ चिनिने चाहना रहेको सुनाए । उनले आफ्नो अभिनयलाई दर्शकहरुले रुचाउनेमा आशावादी रहेको बताए ।
त्यसो त उनले यसअघि पनि एक म्युजिक भिडियो र फिल्ममा समेत काम गरिसकेका छन । उनी अभिनित फिल्म ‘नागरिक’ प्रदर्शन हुन बाँकी छ ।
अहिले पनि केहि फिल्महरुबाट अफर आइसकेको र मन परेको भुमिकामा अभिनय गर्ने उनले बताए ।
रवि फिल्मी पोर्टल नमस्तेफिल्मी डटकम र नमस्तेफिल्मी अनलाईन रेडियोका सञ्चालक हुन ।

Namaste Filmy

Read Previous

चित्त दुखाउदै प्रियंकाले लेखिन : जति गर्दा पनि सधै नराम्रो ।

Read Next

हलिउड स्टार लियोनार्दो बिहिबार नेपाल आउदै ।