साउन २३ मा ‘शिसा’ आउने

फागुन २०,मंगलबार
आर.बि.के. शरद के.सी.को निर्देशन रहेको चलचित्र ‘शिसा’ को प्रदर्शनको मिति तय गरिएको छ । चलचित्र ‘शिसा’ २०७१ सालको साउन २३ गते प्रदर्शन आउने भएको छ । भारतीय फुटबलक पूर्व क्याप्टेन भाई चुङ्ग भुटिया समेतको अभिनय रहेको सो चलचित्रमा जीवन लुईंटेल, रागिनी खड्गी, उमा बेबी, शान्ती गिरी, दिपेश भण्डारी लगायतले अभिनय रहेको छ ।
14787_651015194928691_1521733997_n
ननस्टप क्रियशनको व्यानरमा तयार चलचित्र ‘शिसा’लाई मधुसुदन ढकाल, महेस ढुङ्गाना, अजिता सुमार्गीले मिलेर निर्माण गरेका हुन् ।निर्देशक आर.बि.के. शरद के.सी. अहिलेको अबस्थामा चलचित्र बनाउना भन्दा चलाउन गारो भएकोले आफ्नो चलचित्र ‘शिसा’को वितरणको जिम्मा ठाउँ अनुसार दिने भएका छन् ।जस अनुसार चलचित्रको काठमाडौंमा गोविन्द शाही र सुनिल रावलले वितरण गर्नेछन भने भने पुर्वमा उज्जल पौड्याल र मनोज राठिले त्यस्तै पश्चिममा केदार पराजुलीले वितरण गर्ने भएका छन् । किन यसरि वितरण ठाउँ अनुसार फरक फरक मान्छेलाई दिनु भयो भन्ने नमस्ते फिल्मीको प्रश्नमा उहाले एउटैलाई जिम्मा दिदा धेरै हल नपाउने अवस्था देखेर आफुले काठमाडौं,पुर्व, पश्चिममा भिन्दा भिन्दै वितरकलै फिल्म दिएको जानकारी दिनु भयो ।चलचित्रको सार्बजनिक प्रदर्शन अघि देशका विभिन्न ठाउँ लगायत भारतको केहि ठाउमा समेत च्यारिटी सो गर्ने लागेको चलचित्रका निर्देशक के.सी. नमस्ते फिल्मीलाई बताउनु भयो ।

Namaste Filmy

Read Previous

पलभरमै खुशी पलभरमै पीडा ल्यायो 'नोभेम्बर रेन'ले । (भिडियो हेर्नुहोस)

Read Next

नायिका निशा अधिकारीले बंगलादेशी फिल्म खेल्ने ।