चर्चित अभिनेत्रीको घरमा दिनदहाडै चोरी ।

rachana-banerjee_s_movie_650_062915084615दक्षिण भारतीय फिल्मका चर्चित अभिनेत्री रचना बेनर्जीको घरमा दिन दहाडै चोरी भएको छ । तिकोन पार्कको पंडितिया रोडस्थित फ्ल्याटमा शनिबार चोरी भएको हो ।
चोरी घरकै नोकरले गरेको हुनसक्ने आशंका छ । किनकी नोकर शनिबार देखि नै गायब छन । बताइएअनुसार रचनाले हतारमा दराजको चाबी टेबलमै छाडेकी थिइन ।
जसकारण दराजबाटै २ लाख नगद र ८ लाखको गहना चोरी भएको हो । बिल्डिङको हरेक कुनामा सिसिटिभी लगाइएको भएपनि हालसम्म चोर पत्ता लागेको छैन । प्रहरीले यसबारेमा अनुसन्धान गरिरहेको छ ।

Namaste Filmy

Read Previous

कमल खत्रीको गीतमा सुप्रिया र सन्दिप नचाउदै समन

Read Next

पोर्नस्टार हिरोइनसँग अक्षयकुमार ।