हङकङमा देखाइयो 'चकलेट' ।

Chocolate-hongkongफिल्म ‘चकलेट’को हङकङ भव्य रेडकार्पेट शो गरिएको छ । हङकङको याउमा तेई हलमा बिशेष कार्यक्रमको आयोजना गरी फिल्मको भव्य प्रिमियर गरिएको हो ।
फिल्मका निर्माता खुशी गुरुङले उक्त शो को ब्यवस्थापन गरेकी हुन । शोमा सहभागी हुन नेपालबाट निर्देशक निर्मल शर्मा गैडा र नायिका पुजना प्रधान पनि हङकङ पुगेका थिए । Chocolate-hongkong1फिल्म हेरेर दर्शकले प्रशंसा गरेको निर्देशक शमौले बताए । उनले आफ्नो सिर्जनालाई दर्शकले रुचाएको खुशी ब्यक्त गरे ।
सडक बालबालिकाको बिषमा बनेको ‘चकलेट’मा पुजनाको अतिरिक्त सुमन गैरेको पनि अभिनय छ । फिल्ममा खुशी र पुजनासहित प्रितिमाया गुरुङ र केशव तामाङको लगानी छ ।

Namaste Filmy

Read Previous

पोर्नस्टार हिरोइनसँग अक्षयकुमार ।

Read Next

‘भैरव’को गीत रिलिज,ट्रेलर जस्तै गीत संगीत पनि उत्कृष्ट (भिडियो सहित )