शाहरुख र सलमान फेरी भिड्दै ।

shaharukh-and-salmanबलिउड स्टारद्धय शाहरुख खान र सलमान खानबीच सम्बन्ध सुध्रिएको धेरै भएको छैन । विगतमा फिल्मको रिलिज डेटदेखि हिरोइनसँगको निकटतामा समेत टक्कर गर्ने यी दुई हिरो फेरी भीड्ने तयारीमा छन ।
यी दुई हिरोको दुई फिल्म एकै दिनमा रिलिज हुने भएपछि उनीहरुको सम्बन्ध पुन बिग्रन सक्ने चर्चा समेत बलिउडमा चल्न थालेको छ । शाहरुखको फिल्म रईस र सलमानको सुल्तान अर्को बर्षको इदमा भीड्दैछन ।
सोमबार शाहरुखले आफ्नो फिल्म इदमा रिलिज हुने बताए । सलमानको फिल्म यसअघि नै इदमा रिलिज हुने पक्का भइसकेको थियो । त्यसो त हरेक बर्षको इदमा सलमानको फिल्म आउने गरेका छन ।
यसबाट सलमान र शाहरुखको सम्बन्ध फेरी बिग्रन सक्ने हल्ला चल्न थालेको छ । यसअघि पनि फिल्म एकअपासमा भिड्दा यी दुईले एक अर्कालाई आलोचना गर्ने गरेका थिए ।

Namaste Filmy

Read Previous

अर्जुन पोखरेलले “प्रेम गीत”मा नया प्रतिभा सुरेश लामा र स्वयक्षा ठकुरीलाई अवसर दिदै

Read Next

गोरखाको बारपाकमा खिचियो नेपाली फिल्म ।