नायिका निशा अधिकारीले बंगलादेशी फिल्म खेल्ने ।

1098284_10152690139502619_441425979_n [dropcap]ने[/dropcap]पाली नायिका निशा अधिकारी दुई बंगाली फिल्ममा अनुबन्ध भएकि छिन । निशाले आफनो फेसबुक आइ डीमा स्टाटस अपडेट गर्दै यो कुराको खुलासा गरेकि हुन ।

उनका अनुसार ‘गुड इभनिङ काठमाण्डु’ र ‘अन्डर द सेम स्काई’मा आफु अनुबन्ध भएको उल्लेख गरेकी हुन । निशा यतिबेला अर्पण थापाको निर्देशन रहेको फिल्म ‘मुखौटा’को काम सकाएर बसेकि छिन भने उनी अभिनित फिल्म ‘भीमदत्त’ प्रदर्शनको तयारीमा छ ।

निशा केहि महिना अगाडि सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर चर्चामा आएकि थिइन । आफुले काम गर्न लागेकि बंगाली फिल्म कसले बनाउदैछ, कहा कसरी निर्माण हुदैछ भन्नेबारे केहि पनि उल्लेख नगरेकि निशाले स्टाटसमा भनेकी छिन: ‘मोडिएको मेरो करियरप्रति उत्साहित छु, यो नेपाली सिनेमा को लागी समेत कोसेढुङगा साबित हुन सक्छ ।’nishaस्मरण रहोस यसअघि नेपाली नायिका अर्चना देलाल पनि सादा कालो आकाशे र क्यानभासे नामको फिल्ममा अनुबन्ध भइसकेकि छिन ।

यो पनि पढनुहोस :

नेपाली नायिका बंगलादेशी चलचित्रमा ।

Namaste Filmy

Read Previous

साउन २३ मा ‘शिसा’ आउने

Read Next

'टाइगर द रियल हिरो'को रिलिज मिति तय । भीड्ने भो 'शिसा'संग ।