दिपक खांडको पिरती छुटेको कुरा

केहि चलचित्र निर्देशन तथा टेलिभिजनमा कार्यक्रम सञ्चालन गरेर चर्चा कमाएका निर्देशक दिपक खांड आजभोली कहां छन, खोजीको विषय बनेको छ । केही भोजपुरी चलचित्रमा समेत अभिनय गरीसकेका यी चितवनका फिल्मकर्मी फेरी नयां प्रोजेक्टमा किन देखिएन ? तर दर्शकहरुको यो सबै कौतुहलता  मेटाउदै उनी फेरी दर्शकमाझ आएका छन । उनले निर्देशन गरेको गीत एक्लो भई बाच्नुभन्दा को फ्रेश म्युजिक भिडियो सार्वजनिक भएको छ । स्मृति शाहीको मर्मस्पर्शी स्वर र राजिव सिंहको संगीतमा सजिएको गीतको भिडियोलाई डि के फिल्मस अनामनगरले निर्माण गरेको हो । निर्देशक खांडकै सम्पादन रहेको भिडियोलाई सुदिप बरालले छयांकन गरेका हुन । भिडियोमा उर्मिला रायमाझी, अमित श्रेष्ठ र जेनिफर को अभिनय देख्न सकिन्छ । गीतलाई दिपक खांडकै प्रस्तुतीमा रहेको एल्बम सायदमा समावेश गरिएको छ ।

Namaste Filmy

Read Previous

हेर्नै पर्ने नेपाली पारिवारीक कथानक चलचित्र “मुटु”

Read Next

बिगतको ख्याती, कार्यशैली र म प्रतिको विश्वासले अवसर पाएकी हुँ : नायिका शिल्पा पोखरेल