
श्रीराम अर्जुन, हेटौडा । स्पाइनी ब्याब्लर क्रिएसनको व्यानरमा निर्मित नेपाली चलचित्र ‘धौली’को असार १९ गते शनिबार हेटौडामा च्यारीटी सो गरिने भएको छ । फिल्म युनिटले आज हेटौडामा पत्रकार भेटघाट कार्यक्रममा च्यारीटी सो देखाउने जानकारी गराए ।
कार्यक्रममा यस चलचित्रका निर्देशक घनश्याम लनमिछानेले पत्रकारलाई फिल्मबारे जानकारी गराएका थिए । उहाँले चलचित्र धौली हामै समाजको कथा रहेको र गाउँको हुने खाने घरमा कमजोर आर्थिक स्थितीका व्यक्तिहरु श्रम गर्न जादा हुने आरोह अवरोहलाई कथावस्तु बनाएको जानकारी दिनुभयो । नेपालको पोखरा, भुर्जुङ्खोला, काठमांडौ लगायत विभिन्न स्थानमा छांयाकन गरिएको धौलीमा हेटौडेली नायक तेज गिरी, गजित विष्ट, गिता अधिकारी, अनु शाह, प्रकाश घिमिरे, विद्या कार्की, शम्भु थापा, अर्जुन गोदार, विष्णु गौतम निशा नेपाल लगाएतका कलाकारको अभिनय रहेको छ ।
फिल्ममा रोशन श्रेष्ठको द्घन्द, बसन्त सापकोटा र केवल घर्तीको संगीत, सन्तोष आत्रेयकोे कथा शम्भु थापाको सम्वाद रहेको छ भने दीर्घ खड्काको सम्पादन रहेको छ । किरण कुमार आत्रेय, सन्तोष आत्रेय र अर्जुन गोदारको संयुक्त लागानीमा बनेको चलचित्र धौलीलाई दिव्य सुवेदीले खिचेका हुन्, ।

