
नेपालमा भारतीय प्राबिधिक लिएर अर्को चलचित्र निर्माण गरिएको छ । साउथ इन्डियन निर्देशक देखि सम्पूर्ण प्राबिधिक प्रयोग गरेर नेपालमा र भारतमा समेत छायांकन गरिएको साइकोलोजिकल हरर र थ्रीलर चलचित्र ‘ट्वेन्टी सेभेन आवर्स’अहिले भारतको हैदराबादमा पोस्टप्रोडक्सनको काम अन्तिम चरणमा पुगेको छ ।
छिट्टै चलचित्रको रिलिज मिति सार्बजनिक गरिने यश चलचित्रको फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रलाई साउथ इन्डियन चलचित्रमाहरुमा सहायक निर्देशक भएर काम गरेका अरविन्द .यमले निर्देशन गरेका हुन् ।भारतमा रहेरका नेपाली कलाकार दिपक लम्सालले निर्माण गरेको यस चलचित्र ‘ट्वेन्टी सेभेन आवर्स’को नेपालको पाल्पा ,बुटवल लगायतको ठाउँ र भारतको मुम्बईमा छायांकन गरिएको हो । चलचित्रमा दिपकका अलावा सिद्धु पुजारी ,सारिका घिमिरे,मधु घिमिरे लगायतको अभिनय रहेको छ । भारतको ईतिहासमा नै सबै भन्दा महँगो फिल्म ‘बाहुबली को तमिल भाषाको सम्पादन गरेका सम्पादक वँशी अट्लुरी यस चलचित्र ‘ट्वेन्टी सेभेन आवर्स’ सम्पादन गरेका हुन् ।

