'टाइगर द रियल हिरो'को रिलिज मिति तय । भीड्ने भो 'शिसा'संग ।

[dropcap][/dropcap]छिल्लो समयका ब्यस्त निर्देशक राजु गिरीको निर्देशन रहेको चलचित्र टाइगर द रियल हिरोको प्रदर्शन मिति तोकिएको छ । फिल्मलाई अगामी बर्षको साउन २३ गते रिलिज गरिने निर्देशक गिरीले नमस्ते फिल्मीलाई जानकारी गराएका छन ।Tiger-the real hero_first lookकेहि साताअघि मात्र सुटिङ प्याकअप गरेको फिल्म यतिबेला पोष्ट प्रोडक्सनमा छ । फिल्मलाई शुभेच्छा इन्टरटेन्टमेन्टको ब्यानरमा काजोल गिरीले निर्माण गरेका हुन ।
फिल्ममा अशोक फुयाल, शुभेच्छा थापा, समिक्षा अर्याल, सुरज रानाभाट, दिपक कडेल, उत्तम केसी, अमित पल लगायतका कलाकारहरुको अभिनय रहेको छ । अर्जुन पोखरेलको संगीत रहेको चलचित्रमा रोशन श्रेष्ठको द्धन्द, रामजी लामिछानेको नृत्य र मुकेश हुमागाईको छयांकन रहेको छ ।  फिल्मको एक गीतले हाल बजारमा निकै चर्चा कमाइरहेको छ ।
त्यस्तै साउन २३ मा अर्को फिल्म ‘शिसा’ पनि रिलिज हुनै तयारीमा छ । एक अर्कालाइै निकटका साथी मान्ने निर्देशक राजु गिरी र  ‘शिसा’ निर्देशक आर बी के शरदले फिल्म जुधाउने भएका छन । प्रदर्शनको लागी अहिलेबाटै मिति तय गरेका यी दुइ फिल्म बीच दर्शक तान्न ठुलो होडबाजी चल्ने देखिन्छ ।
थप समाचारको लागी यो पढनुहोस:

साउन २३ मा ‘शिसा’ आउने

Namaste Filmy

Read Previous

नायिका निशा अधिकारीले बंगलादेशी फिल्म खेल्ने ।

Read Next

फेसबुकले करोडपति बनायो महानायक अमिताभ बच्चनलाई ।