निर्देशक बन्न चाहनेका लागी अवसर ।

sayad 2फिल्म निर्देशक बन्न चाहनेहरुका लागी दुर्गिश फिल्मस्ले राम्रो अवसर ल्याएको छ । दुर्गिश फिल्मसको ब्यानरमा बन्ने नयाँ फिल्म ‘सायद २’ मा अडिसन बाट निर्देशक छानिने भएको हो ।
जसका लागी निर्माता सुनिल रावलले निर्देशक बन्न चाहनेहरुले आफुलाई सम्पर्क गर्न आग्रह गरेका छन । उनले थुप्रै युवाहरुको अडिसन लिएर सीप, कला र क्षमताको आधारमा निर्देशक छनौट गरिने बताए । उनले इच्छुक युवाहरुले अगस्ट २ भित्र आफुलाई सम्पर्क गर्न आग्रह गरे ।
यसरी फिल्म निर्देशक नै अडिसनबाट छानिन लागिएको यो नेपालमै पहिलोपटक हो । फिल्मका कलाकारहरु पनि विभिन्न शहरमा अडिसनबाट लिइने निर्माता रावलले बताए । कलाकारको अडिसन भने ३ महिनापछि हुनेछ ।
‘सायद २’ ब्लकबस्टर फिल्म सायदको सिक्वेल हो । सायदलाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका थिए भने संयम पुरी, बिल्सन बिक्रम राई लगायतको अभिनय थियो ।

Namaste Filmy

Read Previous

राजधानीमा एक्कै ठाउमा तीन सौन्दर्य प्रतियोगिता सम्पन्न

Read Next

जीवन शाहीको निर्देशन रहेको गायिका ममता दिपाबिमको गीत रिलिज ( भिडियो सहित )