
बरिष्ट अभिनेता एवं निर्देशक नीर शाहलाई यसबर्षको डायमन्डशमशेर साहित्य पुरस्कार प्रदान गरिने भएको छ । डायमन्ड शमशेर साहित्यिक प्रतिष्ठानले एक बिज्ञप्तिी जारी गर्दै शाहलाई पुरस्कृत गरिने जनाएको हो ।
डायमन्ड शमशेरको दुई उपन्यास बसन्ती र सेतो बाघलाई पर्दामा उतारेका शाहको योगदानलाई कदर गर्दै पुरस्कृत गरिन लागिएको बिज्ञप्तिमा जनाइएको छ । पुरस्कार छिट्टै एक भब्य समारोहको आयोजना गरि प्रदान गरिनेछ ।
हरेक बर्षको असार २१ गते सहित्यमा योगदान पुर्याएका विभिन्न ब्यक्तिहरुलाई प्रदान गरिने पुरस्कार यसबर्ष भने भुकम्पका कारण ढिला गरि प्रदान गरिने भएको हो । असार २१ गते डायमन्ड शमशेरको जन्मदिन हो ।

