फेसबुकले करोडपति बनायो महानायक अमिताभ बच्चनलाई ।

[dropcap]बी [/dropcap]टाउनका महानायक अमिताभ बच्चन करोडपति बनेका छन । अरुलाई कौन बनेगा करोडपति भन्दै करोडपति बनाउने बिग बी अमिताभले करोडपति बनाएको हो । अर्थात उनको सोसल नेटवर्क फेसबुकको फ्यान पेजमा फ्यानहरुको लाइक संख्या १ करोड नाघेको छ ।amithabhकरिब डेढ बर्षमै फेसबुकमा १ करोड लाइक पाएपछि अमिताभले आफ्ना सम्पुर्ण फ्यानहरुलाई धन्यवाद समेत दिएका छन । उनले फेसबुकमा लेखेका छन: ’10 मिलियन आप सबका शुक्रिया, खुशी से अभिभूत हूं।’

अभिताभले २०१२ अगस्ट १२ मा फेसबुक पेज खोलेका थिए र पेज खोलेको आधा घण्टा भित्रै उनको पेजमा लाइक गर्नेको संख्या ८ लाख नाघेको थियो ।

अमिताभ फेसबुकमा मात्र नभई टवीटरमा पनि अत्यन्त लोकप्रिय मानिन्छन । टवीटरमा उनलाई फलो गर्नेहरुको संख्या ८१ लाख छ ।

Namaste Filmy

Read Previous

'टाइगर द रियल हिरो'को रिलिज मिति तय । भीड्ने भो 'शिसा'संग ।

Read Next

बिश्वकप क्रिकेट यात्रालाई हौसला दिन 'ताली बजाइदेऊ' ।(भिडियो हेर्नुहोस)