केसीको चलचित्र कलाकार संघको सचिव पदमा रहि सेवा गर्ने धोको

राजेन्द्र कार्की
प्रस्तोता तथा कलाकार सरोज केसी नेपाल चलचित्र कलाकार संघको सचिव पदमा रही सेवा गर्ने धोको राख्नु हुन्छ । १५ वर्ष देखि निरन्तर संचार क्षेत्रमा संलग्न रहँदै आइरहनु भएका केसी संघको कार्यसमितिका सदस्य समेत हुनु हुन्छ । टेलिसिरियल “परिचय”बाट आफ्नो कलायात्रा प्रारम्भ गर्नु भएका केसीले दर्जन भन्दा बढी ठूलो पर्दाका चलचित्रहरुमा समेत सफल अभिनय प्रस्तुत गरिसक्नु भएको छ । उहाँद्धारा अभिनित ठूलो पर्दाका स्मरण योग्य चलचित्रहरुमा मायाज बार, दुलही, जब जब माया बस्छ, संसार आफ्नै, तिम्रो लागि, हाम्रो माया जुनी जुनीलाई लगायत रहेका छन । उहाँले डेढ दर्जन टेलिसिरियलहरुमा समेत सफल अभिनय प्रस्तत गरिसक्नु भएका केसीले विविध खाले भूमिकाहरु सफल र आफुलाई प्रभावीलो ढ्गले प्रस्तुत गर्नु भएको छ ।
saroj kcमानविय सेवा र अरुप्रतिको समर्पणलाई नै जीवनको सार्थकता र महत्व ठान्नु हुने कलाकार केसीले संघको तिन वर्षे कार्यकालमा समेत रामै्र योगदान पु¥याउन सकेको उहाँका समकालिन कलाकारहरु बताउँछन । वर्तमान अध्यक्ष नवल खड्का जस्ता ठोस् र दिर्घकालिन सोच रहेका ब्यक्तित्वसँगको सहकार्यबाट अझै हौसिनु भएका केसीले संघको सचिव पदको लागि दावेदारी गर्नुलाई समकालिन कलाकारहरु स्वभाविक मान्दछन । साथै संघको अथक प्रयासको बावजुद पनि नेपाली चलचित्र कलाकार र कलाकारिताको क्षेत्रमा राम्रै परिचय प्रभाव छोड्न सके तापनि उल्लेख्यनिय कार्य अगाडि बढाउन नसकेको परिस्थीतीलाई मध्यनजर गर्दा उहाँको उम्मेदवारीको यो सदइच्छा र धोकोलाई चलचित्र कलाकारहरु स्वागत योग्य रहेको बताउँछन ।
वास्तवमा नेपाली कलाकारको गौरव र कलाकारिता क्षेत्रको गरिमा बढाउन पनि केसी जस्ता सहज, सरल, इमान्दार, कर्तब्यनिष्ठ र सधै सेवाकार्यका साथै कर्तब्यपदमा अगाडि बढ्ने ब्यक्तित्वको आवश्यकता समेत महसुस गरिएको चलचित्र कलाकारहरुको धारणा समेत रहेको छ ।
संचार क्षेत्रमा निकै लोकप्रिय रहँदै आइरहनु भएका केसीले आफ्नो धोको पुरा गर्न भने भाद्र २३ गते कुर्नु पर्ने हुन्छ । त्यस दिन हुन जाने संघको नव कार्यसमितिको सदस्य पदमा सर्व प्रथम निर्वाचित हुन आवश्यक छ । त्यस पश्चात उहाँको दावेदारीले सार्थकता पाउने छ ।

Namaste Filmy

Read Previous

हेटौडाको दुवै हलमा टिचर , श्रावण ३ गते सम्म फिल्मको बुकिङ्ग

Read Next

शाहिद कपुरको विवाह सम्पन्न ।