'बजरंगी भाइजान' हेर्न एकैसाथ तीन खान ।

salman-shahrukh-aamier9‘बजरंगी भाइजान’ बलिउडमा अहिलेको सर्वाधिक प्रतिक्षित फिल्म हो । सलमान खानको यो फिल्मको अहिले ब्यापक पब्लिसिटी भइरहेको छ ।
त्यसो त विभिन्न धार्मिक संघसंस्थाले फिल्मले धार्मिक भावनामा ठेस पुर्याउने भन्दै रिलिज रोक्नसमेतको माग गरिरहेका छन । तर यस्तो बिरोधले सलमानलाई कुनै असर परेको छैन ।
उनी त मात्र बजरंगी भाइजान रिलिजमा केन्द्रित छन । अझै सलमानले शाहरुख र आमिरलाई एकसाथ फिल्म देखाउने योजना पनि बनाइरहेका छन । पहिल्यैदेखि दुश्मन रहेका यी तीन खान पछिल्ला समय नजिक छन । अब त फिल्म समेत एकसाथ हेर्ने योजनामा छन ।
आमिर छिट्टै दंगलमा सुटिङमा जानेछन, शाहरुख रइसको सुटमा ब्यस्त छन । तसर्थ उनीहरुको समय मिल्नेबित्तिकै फिल्मको बिशेष शो राखिने सलमान निकट स्रोत बताउछन ।
शाहरुख र आमिर पनि बजरंगी भाइजान हेर्न निकै उत्सुक छन । उनीहरुले आफ्नो आफ्नो तरिकाले फिल्मको पब्लिसिटीमा समेत सहयोग गरिरहेका छन ।

Namaste Filmy

Read Previous

दिपकको फिल्मलाई दिपाले निर्देशन गर्ने ।

Read Next

म यो देशलाई वृद्धाश्रम सम्झेर आएको हैन : सरोज खनाल