निर्देशक कमल कृष्णमाथि भारतमा ठगी आरोप ।

kamal-krishna-poudel-fbनेपाली फिल्म निर्देशक तथा कलाकार कमल कृष्ण लाई भारतमा ठगि आरोप लागेको छ । उनले कयौ भारतीय कलाकारलाई ठगेको समाचार आएको छ ।
समाचारअनुसार करिब दुई महिनाअघि सिलिगुढि पुगेका उनले आफुसँगै गएका एक ब्यक्तिलाई आमिर खानको भान्जाको रुपमा चिनाएका थिए । त्यसपछि त्यहाँ फिल्म निर्माण गर्ने भन्दै कयौ कलाकारबाट पैसा उठाएको र उक्त पैसा लिएर भागेको बताइएको छ ।
उनले १७ दिनसम्म उत्तरी बंगालमा फिल्मको सुटिङसमेत गरेका थिए । मुम्बईया नामको उक्त फिल्म सुटिङको क्रममा ५० औ जना बसेर होटलमा बसेको बिलसमेत उनले नतिरेको आरोप छ । kamal-krishna-news-jagaran-प्रधाननगरको उक्त होटल वालासहित थुप्रै कलाकारले अहिले उनीबिरुद्ध प्रधाननगर चौकीमा उजुरी दिएका छन । उनीहरुले भारतीय दुतावासमार्फत नेपालमा समेत खोजी गरिदिन आग्रह गरेका छन ।
कमलकृष्ण उत्तर बंगालमा राम्रो पहिचान थियो । उनी पछिल्ला दिनहरुमा मुम्बईमा ‘जोधा अकबर’मा समेत काम गरिरहेका थिए । तसर्थ उत्तर बंगालका कलाकारहरुले उनको सहजै बिश्वास गरेका थिए । उनी नेपालमा पनि चलेको भिलेन हुन । केहि बर्षयता उनी फिल्म निर्देशकको रुपमा समेत चिनिएका थिए ।

भारतीय अखबार जागरणले समाचार छापेको छ ।

Namaste Filmy

Read Previous

यस्तो छ रंगपत्रकार अधिकारी अभिनित गीत । भिडियोसहित ।

Read Next

रहेनन् महान संगीतकार MS बिश्वनाथन ।