केकी अधिकारीले गरिन ‘भाग् सानी भाग्’को फस्ट लुक सार्वजनिक

नायिका केकी अधिकारीले आफ्नो नया चलचित्र ‘भाग् सानी भाग्’को आधिकारिक तस्वीर भन्दै आफ्नो फेसबुक मार्फत फस्ट लुक सार्वजनिक गरेकी छिन् ।भोलि बाट नै डबिंग सुरु हुन लागेको चलचित्र ‘भाग् सानी भाग्’फस्ट लुक पोस्टरमा नायक सबिन श्रेष्ठ सग नायिका केकी अधिकारी बेहुलीको गेट अपमा साइकलमा नै भाग्दै गरेको देखाइएको छ ।
bhag saani  bhagकमेडी बिषयमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘भाग् सानी भाग्’को बेल्जियममा रहेका निर्माता सहदेव गौतमले नमस्ते फिल्मी सगको कुराकानीमा माघे सक्रान्तीको अबसर परेर चलचित्र रिलिज गरिने तयारीका साथ चलचित्रको काम अघि बढेको जानकारी दिनु भयो । नवल नेपालको लेखन तथा निर्देशन रहेको यस चलचित्रलाई साथीभाई फिल्मसका लागि बिष्णु चापागाँइको प्रस्तुतीमा सहदेव गौतम र विलोल पोख्रेलले निर्माण गरेका हुन् भने चेतन सापकोटा कार्यकारी निर्माता रहेका छन् चलचित्रमा ।चलचित्रमा केकी,सविन सगै निर शाह, लय संग्रौला, रमेश वुढाथोकी, गिता अधिकारी, रविन्द्र खड्का, विष्णु सापकोटाको मुख्य भूमिका रहने छन् ।निर्माता चेतन सापकोटाको संगीत दिव्यराज सुवेदीको छायांकन , कविराज गहतराजको नृत्य, हिमाल केसीको एक्सन रहेको छ ।

Namaste Filmy

Read Previous

बजेट भाषणमा फिल्म ।

Read Next

भारतीय अभिनेत्रीको सामुहिक बलात्कार ।